सविन मेमोरियल र स्पोर्टस् क्यासलको जित

आश्विन ७, २०७८ | काठमाडौं

पोखरामा जारी ए डिभिजन राष्ट्रिय फुटसल लिगमा आज सविन मेमोरियल र स्पोर्टस् क्यासलले जित हात पारेका छन् । आजको पहिलो खेलमा सबिन मेमोरियल क्लबले मछिन्द्रलाई ३–२ ले पराजित गर्‍यो । 

दोस्रो खेलमा पोखरेली टोली स्पोर्टस् क्यासलले काठमाण्डौको ढुकु फुटसल क्लबलाई ५–३ ले पराजित गर्‍यो । पहिलो हाफमा ३ गोलको अग्रता लिएको ढुकु फुटसलले दोस्रो हाफमा ५ गोल खाएको थियो । आजको तेस्रो खेलमा धरानको फुटसल फाइभ र लुम्बिनी फुटसलबीच गोलरहित बराबरी भएको छ । 


प्रतिक्रिया