स्पेनिस ला लिगाः बार्सिलोना बराबरीमा रोकियो

आश्विन ८, २०७८ | एजेन्सी


स्पेनिस ला लिगामा भएको पछिल्लो खेलमा बार्सिलोना काडिजसँग बराबरी रोकिएको छ । खेलको ६५ औं मिनेटमा रातो कार्ड खाँदै फ्रान्कि डि जोंग बाहिरिएपछि १० खेलाडीमा सिमित भएको बार्सिलोनाले अंक बाडेको छ । पछिल्लो ५ ला लिगाको खेलमा दुइ वटामा मात्रै जित हात पारेको बार्सिलोना तालिकाको निकै पुछारमा रहेको काडिर्ज संग बराबरी गर्न पुगेको हो । बार्सिलोना तालिकाको सातौं स्थानमा रहेको छ ।

यसैबीच, लि लिगामा भएका अन्य खेलमा रियल सोसिडाडले ग्रानाडालाई ३ –२ गोल अन्तरले हराएको छ । भने रियल बेटिसले ओसासुना माथि ३–१ गोल अन्तरको जित हात पारेको छ । 


प्रतिक्रिया