एभरेष्ट प्रिमियर लिगका लागि काठमाडौं किंग्स ११ को टिम सार्वजनिक

रेडियो कान्तिपुर संवाददाता

तस्बिर : अंगद ढकाल 

आश्विन ८, २०७८ | काठमाडौं

काठमाडौं किंग्स ११ ले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिगका लागि आफ्नो टिम सार्वजनिक गरेको छ । काठमाडौंमा आज आयोजित कार्यक्रममा काठमाडौं किंग्स–११ ले कप्तान सन्दिप लामिछाने र पाकिस्तानी टिमका पूर्वकप्तान शाहिद अफ्रिदीसहित टिमका अन्य सदस्यहरु सार्वजनिक गरेको हो ।

भोलिबाट सुरु हुने प्रतिस्पर्धामा किंग्स ११ ले उपाधिको पूर्ण दावेदारीसहित मैदान उत्रने दाबी गरेको छ । पाकिस्तानी राष्ट्रिय टीमका पूर्व कप्तान तथा धमाकेदार ब्याट््म्यान, शाहिद अफ्रिदीसहित, टीममा अन्य अफगानी ब्याट्सम्यान, रेहमानुल्लाह गुर्वाज र अर्को अन्तर्राष्ट्रिय खेलाडी जनप्रकाशले पनि खेल्नेछन् ।

सन्दिप लामिछानेको कप्तानीमा काठमाडौं किंग्स ११ ले भोलि उद्घाटन खेलमा ललितपूर पाट्रीयससँग प्रतिस्पर्धा गर्नेछ । पाकिस्तानी ब्याट्सम्यान अफ्रिदी जर्सी नम्बर १० जनप्रकाश जर्सी नम्बर १६ र अफगानी ब्याट्सम्यान गुर्वाजले भने २८ नम्बरको जर्सी लगाउने छन् ।

कीर्तिपूरको टियू मैदानमा ६ टीमले प्रतिस्पर्धा गर्ने इपीएल भोलिबाट असोज २५ गतेसम्म चल्नेछ । 


प्रतिक्रिया