टि–ट्वान्टी विश्वकप ग्लोबल छनोटका लागि १६ सदस्यीय नेपाली टोली घोषणा

रेडियो कान्तिपुर संवाददाता

माघ ६, २०७८ | काठमाडौं

ओमानमा आगामी महिना हुने टि–ट्वान्टी विश्वकप ग्लोबल छनोट ए को लागि क्रिकेट संघ क्यानले अन्तिम १६ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ । फेबुअरी १५ देखि २४ सम्म हुने प्रतियोगिताका लागि क्यानले सन्दिप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको हो ।

विवेक यादव र लोकेश बम पहिलो पल्ट राष्ट्रिय टोलीमा अटाएका छन् । १६ सदस्यीय टोलीमा सोमपाल कामी, विनोद भण्डारी, रोहित पौडेल, सुशन भारी र विक्रम सोब भने टिममा पर्न सकेनन् । त्यस्तै प्रदीप ऐरी झन्डै ३ वर्षपछि टिममा फर्किएका छन् । ग्लोबल छनोट ए मा नेपाल सहित ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूह बीमा ओमन, क्यानडा र पिलिपिन्स छन् ।

यस्तै, आयरल्यान्ड, युएई, जमर्नी र बहराइन समूह ए मा छन् । समूह चरणको खेलपछि शीर्ष दुई दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनलमा पुग्ने दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि–ट्वान्टी विश्वकप खेल्न पाउनेछन् । नेपालले ओमान, पिलिपिन्स र क्यानडासाग खेल्ने छ । 


प्रतिक्रिया