आहा रारा गोल्ड कप : एपीएफको विजयी सुरुवात

रेडियो कान्तिपुर संवाददाता

माघ ६, २०७८ | काठमाडौं

एपीएफ क्लबले आहा रारा गोल्ड कप फुटबलमा विजयी सुरुवात गरेको छ । पोखारा रंगशालामा आज भएको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई २–० गोल अन्तरले हराउँदै एपीएफले विजयी सुरुवात गरेको हो । एपीएफको जितमा आभाष लामिछाने र प्रदिप लामाले एक–एक गोल गरे । 

खेलमा एपीएफका नवीन लामा म्यान अफ दी म्याच घोषित भए । एपीएफले पर्सि शनिबार अमेरिकाको भुटानिज युथ स्पोर्ट्स क्लबविरुद्ध खेल्नेछ । प्रतियोगिता अन्र्तगत भोली हुने खेलमा हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लब भिड्ने छन् ।


प्रतिक्रिया