पुलिसलाई पराजित गर्दै मनाङ सेमिफाइनलमा

माघ ९, २०७८ | पोखरा

विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै मनाङ मस्र्याङ्दी क्लब आहा–रारा गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । 

पोखरा रंगशालामा आइतबार भएको क्वाटरफाइनलमा पुलिसलाई २–० गोलले हराउँदै मनाङले सेमिफाइनल यात्रा सुनिश्चित गरेको हो । 

पुलिसको कमजोर डिफेन्स लाइनको फाइदा उठाउँदै मनाङले नतिजा आफ्नो पक्षमा पार्‍यो । नाइजेरियन फरवार्ड आफिज ओलावालेको उल्लेखनीय प्रदर्शनी मनाङका लागि बलियो सावित भयो । ओलावाले एक गोल गरे भने अर्को गोलमा असिस्ट गरे । 

पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । खेलको ६४ औं मिनेटमा रुपेश केसीले गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ८४ औं मिनेटमा जुमानु राईले बराबरीमा पुर्‍याएर पुनरागमन गर्ने अवसर चुकाए । 

८७ औं मिनेटमा ओलावालेले गोल गर्दै मनाङको जित निश्चित गरे । ओलावाले म्यान अफ दी म्याच भए । दुबै टिम समान ६ पल्टका उपाधि विजेता हुन् । क्याराभान गोल्डकपमा भने पुलिसले उपाधि उचालेको थियो । 

‘ए’ डिभिजन लिग अन्तर्गत गत पुसमा मनाङले आफ्नो होम ग्राउन्ड पोखरा रंगशालामा पुलिसलाई ३–१ ले हराएको थियो । 

मनाङले मंगलबार हुने त्रिभुवन आर्मी र थ्री स्टार क्लबको विजेतासँग सेमिफाइनल खेल्ने छ । सोमबार हुने तेस्रो क्वाटरफाइनलमा डिफेन्डिङ च्याम्पियन संकटा र मच्छिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ । 


प्रतिक्रिया