आहा रारा गोल्डकपमा आज एक खेल हुदै

रेडियो कान्तिपुर संवाददाता

माघ १०, २०७८

पोखरामा जारी २० औं संस्करणको आहा रारा गोल्डकप फुटबलको तेस्रो क्वार्टरफाइनलमा आज संकटा र मच्छिन्द्र क्लवबीच प्रतिस्पर्धा हुँदैछ । संकटा प्रतियोगिताको डिफेण्डिङ च्याम्पियन हो भने मच्छिन्द्र जारी ए डिभिजन लिगको शीर्ष स्थानको टोली हो । आजको खेलको विजेताले सेमिफाइनलमा सशस्त्र प्रहरीको एपीएफ क्लवसँग प्रतिस्पर्धा गर्नेछ । एपीएफले पहिलो क्वार्टरफाइनलमा अमेरिकी टोली भुटनीज युथ स्पोर्टस् क्लब बी. वाई. एस.सी लाई ३–१ ले हराएको थियो ।

यसअघि नेपाल पुलिसलाई २–० ले हराउँदै मनाङ मस्र्याङ्दी क्लव प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरिसकेको छ । सेमिफाइनलमा मनाङको भेट भोलि हुने थ्रीस्टार नेपाली सेनाको त्रिभुवन आर्मीबीचको खेलको विजेतासँग हुनेछ । 


प्रतिक्रिया