त्रिभुवन आर्मी पाँचौं झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश

फाल्गुन २५, २०७८

विभागीय टोली त्रिभुवन आर्मी क्लब पाँचौं झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आजको खेलमा आर्मीले पाहुना टोली दार्जिलिङको मानेभञ्ज्याङ फुटबल क्लबलाई ३–० गोलले पराजित गरेको हो । 

आर्मीको जितमा कप्तान जर्ज प्रिन्स कार्की, सन्तोष तामाङ र विकास तामाङले समान एक–एक गोल गरेका थिए । प्रतियोगिता अन्र्तगत भोलीको अन्तिम क्वाटरफाइनलमा घरेलु टोली झापा–११ र सिक्किमको आरपी एफसी खेल्ने छन् ।


प्रतिक्रिया