झापा गोल्डकपको उपाधि आर्मीलाई

फाल्गुन ३०, २०७८

त्रिभुवन आर्मी फुटबल क्लबले पाँचौं संस्करणको झापा गोल्डकप फुटबलको उपाधि उचालेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आजको फाइनलमा घरेलु टोली झापा–११ लाई २–१ गोल अन्तरले हराउँदै आर्मीले लगातार चौंथो पटक उपाधि जितेको हो । 

खेलको १८ औं मिनेटमा टेक बहादुर बुढाथोकीले गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाएकोमा ं२१ औं मिनेटमा कप्तान जर्ज प्रिन्स कार्कीले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । झापाका लागि विमल घर्ती मगरले २४ औं मिनेटमा गोल फर्काए पनि टोली खेलमा फर्किन सकेन । उपाधिसँगै आर्मीले नगद १२ लाख ५५ हजार रुपैयाँ प्राप्त गरेको छ । यस्तै, उपविजेता झापा ११ ले ६ लाख ५ हजार रुपैयाँ प्राप्त गरेको छ ।


प्रतिक्रिया