सण्डरल्याण्ड फाइनलमा

रेडियो कान्तिपुर संवाददाता

वैशाख २७, २०७९

सण्डरल्याण्ड लिग वान फुटबलको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलको दोश्रो लेगमा सेफिल्ड वेडनष्डे सँग बराबरी पछि सण्डरल्याण्ड फाइनलका प्रवेश गरेको हो । उसले समग्रमा २–१ गोल अन्तरको जित निकालेको छ । लि ग्रेगोरीले ७४ औं मिनेटमा गोल गर्दै सेफिल्डलाई अग्रता दिलाएपनि रोबर्ट्सले सण्डरल्याण्डका लागी खेलको अतिरिक्त समयमा गरेको रोमाञ्चक गोलका कारण फाइनल यात्रा सम्भव हुन पुग्यो । सण्डरल्याण्डले फाइनलमा विकम वान्र्डरर्स सँग प्रतिस्पर्धा गर्नेछ । 


प्रतिक्रिया