१९ औं एसियाली खेलकुदका लागि ३५ जना महिला खेलाडी छनोट

रेडियो कान्तिपुर संवाददाता

वैशाख २७, २०७९ | काठमाडौं

नेपाल भलिबल संघले चीनको हाङ्झाओमा आयोजना हुने १९ औं एसियाली खेलकुदका लागि पहिलो चरणमा ३५ जना महिला खेलाडी छनोट गरेको छ । 

हालै सम्पन्न छैंटौं आरबिबि–एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग प्रतियोगिताबाट संघका महासचिव जितेन्द्र बहादुर चन्दको संयोजकत्वमा गठित ४ सदस्यी समितीले ३५ खेलाडी छनोट गरेको हो । 

चन्द संयोजकत्वमा गठित समितीमा तालिम तथा प्रशिक्षण विभागमा हिमाल दाहाल, मुख्य प्रशिक्षकमा प्रज्वल बहादुर सिंह तथा प्रशिक्षकद्धय जगदिश भट्ट र भरत यादव छन् । 


प्रतिक्रिया