सुर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिप गल्फको उपाधि तामाङलाई

वैशाख २९, २०७९

सुर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिप गल्फको उपाधि सुवास तामाङले जितेका छन् । सुर्य नेपाल गल्फ टुर २०२१ र २०२२ अन्र्तगतको सातौं प्रतियोगितामा सुवासले कुल १९ अण्डर २ सय ६९ को कार्ड लेखाए । उनले आज ४ अण्डर ६८ को स्कोर गरे । सुवासले १३ दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा गल्फतर्फ दोस्रो स्वर्ण पदक जितेका थिए । 

एमेच्योरतर्फ कुल १ अण्डर २ सय ८७ स्कोर गरेका सद्भाव आचार्य दोस्रो भए । प्रोफेसनलतर्फ समग्रमा ६ अण्डर २ सय ८२ स्कोर गरेका रबि खड्का तेस्रो भए । उनले ६५ हजार रुपैयाँ प्राप्त गरे । त्यस्तै, प्रतियोगितामा कुल १२ अण्डर २ सय ७६ स्कोर गरेका भुवन नगरकोटी र शुक्रबहादुर राईले समान १ लाख ११ हजार ५ सय रुपैयाँ हात पारे । 


प्रतिक्रिया