खेलाडी र एन्फालाई दोष नदिन प्रशंसकहरूलाई मुख्य प्रशिक्षक केसीको आग्रह

श्रावण १६, २०७९

नेपाली राष्ट्रिय यू–२० फुटबल टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले साफ यू–२० च्याम्पियनसिपमा आयोजक भारतसँग फराकिलो गोलअन्तरले पराजित हुनुमा खेलाडी र एन्फालाई दोष नदिन प्रशंसकहरूलाई आग्रह गरेका छन् । भुवनेश्वरस्थित कलिङ्गा रंगशालामा हिजो भएको खेलमा नेपाल आयोजक भारतसँग ८–० को फराकिलो गोलअन्तरले पराजित भएको थियो । 

आफ्नो सामाजिक सञ्जालमा लेख्दै प्रशिक्षक केसीले एन्फा वा खेलाडीको नभई आफ्नो गल्ती भएको बताएका छन् । च्याम्पियनसिपमा बंगलादेश ३ खेलबाट ९ अंक जोडेदै शीर्ष स्थानमा छ । नेपाल अंक तालिकाको तेस्रो स्थानमा छ । नेपाल र भारतको समान ३ खेलबाट ६ अंक भएपनि हेड टु हेडमा भारत अघि छ । भारतसँग हार व्यहोरे पनि नेपालले फाइनल प्रवेशको सम्भावना भने जिवित छ । फाइनल प्रवेशका लागि नेपालले भोली हुने बंगलादेशविरुद्धको खेल उच्च गोल अन्तरका साथ जित्नुपर्ने हुन्छ । 


प्रतिक्रिया