ऐरीको टी–ट्वान्टी ब्याटिङ वरियता सुधार

श्रावण १८, २०७९

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दिपेन्द्रसिंह ऐरीले टी–ट्वान्टी ब्याटिङ वरियतामा सुधार गरेका छन् । अन्र्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा दिपेन्द्र एक स्थान सुधार गर्दै ४३ औं स्थानमा पुगेका छन् । त्यस्तै, ब्याटिङतर्फ नेपालका कुशल भुर्तेल ४० औं स्थानमा यथावत छन् भने आशिफ शेख एक स्थान तल झर्दै ९७ औं स्थानमा रहेका छन् । 

टी–ट्वान्टीको बलिङ वरियतामा नेपालका कप्तान सन्दिप लामिछाने ४१ औं र अभिनाश बोहरा ९२ औं स्थानमा यथावत छन् । अलराउण्डरतर्फ नेपालका दिपेन्द्र सिंह ऐरी ९ औं स्थानमा यथावत छन् । टी–ट्वान्टी वरियतामा नेपाल १३ औं स्थानमा रहेको आइसीसीले जनाएको छ । 


प्रतिक्रिया