विराटनगर सुपर किंग्स् र जनकपुर रोयल्सले आधिकारिक लोगो सार्वजनिक

श्रावण १९, २०७९

नेपाल टी–ट्वान्टी लिगको फ्रेन्चाईज टोली विराटनगर सुपर किंग्स् र जनकपुर रोयल्सले आधिकारिक लोगो सार्वजनिक गरेका छन् । दुई टोलीले काठमाडौंमा आज एक कार्यक्रमका बीच लोगो सार्वजनिक गरेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

यसअघि लुम्बिनी अल स्टार्सले लोगो सार्वजनिक गरेको थियो । लिग क्यानको आयोजनमा आगामी असोज ८ देखि कात्तिक ५ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । पहिलो फ्रेन्चाइज क्रिकेट लिगमा विराटनगर र जनकपुर सहित ६ टोलीले सहभागीता जनाउने छन् । लिगलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसी र राष्ट्रिय खेलकुद परिषद् राखेपले मान्यता दिईसकेको छ ।


प्रतिक्रिया