रोनाल्डो बने इन्स्टाग्राममा सबैभन्दा प्रभावशाली फुटबलर

रेडियो कान्तिपुर संवाददाता

आश्विन ४, २०७९ | काठमाडौं

पोचुगिज स्टार क्रिष्टियानो रोनाल्डो कतार विश्वकप २०२२ मा सहभागिता जनाउने फुटबलरमध्ये सामाजिक सञ्जाल इन्स्टाग्राममा सबैभन्दा प्रभावशाली देखिएका छन् । सर्वेक्षणकर्ता संस्था नेल्सन ग्रेसनोटका अनुसार गत वर्ष इन्स्टामा रोनाल्डोलाई पछ्याउने प्रशंसकको सख्या ४८ प्रतिशतले बढेको छ ।

 उनको प्रति पोष्टको मिडिया भ्यालु ३५ लाख डलर छ । रोनाल्डोसँगै म्यानचेष्टर युनाइटेडमा आवद्ध जाडोन सान्चो सबैभन्दा प्रभावशाली इङलिस खेलाडीको रुपमा दर्ज भएका छन् । रोनाल्डोको इन्स्टामा ४८ करोड फलोअर्स छन् । दोस्रो स्थानमा अर्जेन्टिनाका लियोनेल मेसी छन् ।

 उनको पनि गत वर्ष फलोअर्स् ३८ प्रतिशतले बढेको र प्रति पोष्ट २६ लाख डलर बराबरको मिडिया भ्यालु छ । तेस्रो स्थानमा पेरिस सेन्ट जर्मेनका नेयमार छन् भने चौथोमा किलियन एमबापे छन् ।

त्यस्तै टीमतर्फ विश्वकप विजेता फ्रान्स शीर्ष स्थानमा छ । फ्रान्सको आधिकारिक पेजमा १ करोड १७ लाख फलोअर्स् छन् । त्यस्तै १ करोड १३ लाख फलोअर्स्सहित ब्राजिल दोस्रो र पोर्चुगल १ करोड ३ लाखसहित तेस्रोमा छन् । 


प्रतिक्रिया