साबा महिला बास्केटबल च्याम्पियनसिपमा भाग लिन राष्ट्रिय टोली माल्दिभ्स जाँदै

रेडियो कान्तिपुर संवाददाता

आश्विन ७, २०७९ | काठमाडौं

साबा महिला बास्केटबल च्याम्पियनसिपमा भाग लिन नेपाली राष्ट्रिय महिला भलिबल टोली आज माल्दिभ्स जाँदै छ । टोली साँझ ७ बजे प्रस्थान गर्ने नेपाल बास्केटबल संघले जनाएको छ । असोज ९ गतेबाट सुरु हुने प्रतियोगिताका लागि १५ सदस्यीय टोली माल्दिभ्स जान लागेका हुन् । 

नेपालले उद्घाटन खेलमा आयोजक माल्दिभ्सको सामना गर्नेछ । यस्तै, नेपालले दोस्रो खेलमा श्रीलंकासँग असोज ११ र अन्तिम खेलमा भुटानसँग असोज १२ मा खेल्ने तालिका छ । नेपालले सदिना श्रेष्ठको कप्तानीमा प्रतियोगिता खेल्ने छ ।


प्रतिक्रिया