किरण चेम्जोङ्ग आईलिग क्लब पञ्जाबमा अनुबन्धित

आश्विन ७, २०७९ | काठमाडौं

नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङ्ग भारतको दोस्रो डिभिजन लिग हिरो आईलिग क्लब राउण्डग्लास पञ्जाब एफसीमा अनुबन्ध भएका छन् । नयाँ सिजनको आईलिगका लागि किरणलाई पञ्जाब एफसीले टोलीमा अनुबन्ध गरेको जनाएको हो । किरणले गत सिजन माल्दिभ्सको माजिया स्पोर्ट्स एण्ड रिक्रिएसमबाट खेलका थिए । 

किरणलाई पञ्जाबले माजियाबाट अनुबन्ध गरेको हो । यो सँगै किरणले दोश्रो पकट पञ्जाबबाट आईलिग खेल्ने भएका छन् । उनले यसअघि सन् २०१९/२० को सिजन पन्जाबबाट नै आईलिग खेलेका थिए ।


प्रतिक्रिया