सन्दीप लामिछानेले भने– जाहेरी र पक्राउ पूर्जीका कारण विक्षिप्त छु

रेडियो कान्तिपुर संवाददाता

आश्विन १०, २०७९ | काठमाडौं

राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले आफूविरुद्ध जाहेरी र पक्राउ पूर्जी जारी भएपछि मानसिक रुपमा विक्षिप्त भएको बताएका छन् । भदौ २१ गते एक नाबालिगले सन्दीपले आफूलाई बलात्कार गरेको भन्दै किटानी जाहेरी दिएपछि प्रहरीले पक्राउ पूर्जी जारी गर्दै उनको खोजी गरिरहेको छ । सन्दीप अहिले कहाँ छन् भन्ने बिषयमा विभिन्न अड्कलबाजी भइरहँदाले उनले सामाजिक सञ्जालमा धारणा राख्दै आफूविरुद्ध परेको उजुरीलाई झुट्टा भएको दावी गरेका छन् । 


त्यस्तै, सञ्चारमाध्यम र सामाजिक सञ्जालमा एकलौटी तरिकाले सत्य तथ्य नबुझी झुट्ट जाहेरी मात्रको आधारमा चरित्रमा गम्भिर आँच आउने गरी समाचार प्रकाशित भएको भन्दै गुनासो गरेका छन् । उनले भनेका छन्– “मेरो स्वास्थ्यमा क्रमिक सुधार आउँदै छ र जति सक्दो चाँडो नेपाल फर्किएर म विरुद्दको झुट्टा उजुरीको डटेर प्रतिवाद गर्न नेपाल फर्किने तरखरमा छु ।” सन्दीपले अहिले आफू कहाँ रहेको भन्ने चाहि केही बताएका छैनन् । 


प्रतिक्रिया