भारत अष्ट्रेलियाविरुद्धको तीन खेलको टी–ट्वान्टी सिरिजमा विजयी

रेडियो कान्तिपुर संवाददाता

आश्विन १०, २०७९

अष्ट्रेलिया विरुद्धको तीन खेलको टी–ट्वान्टी सिरिज घरेलु टोली भारतले जितेको छ । हैदराबादमा गएराति भएको तेस्रो तथा अन्तिम खेलमा ६ विकेटको जित निकाल्दै भारतले सिरिज जितेको हो । तीन खेलको टी–ट्वान्टी सिरिज भारतले २–१ ले जितेको हो । अष्ट्ेरलियाले दिएको १ सय ८७ रनको लक्ष्य भारतले १९ ओभर ५ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।

भारतका लागि सुर्यकुमार यादवले ३६ बलमा ६९ तथा विराट कोहलीले ४८ बलमा ६३ रन बनाए । हार्दिक पाण्ड्याले १६ बलमा २५ तथा रोहित शर्माले १७ रन बनाए । भ्रमणकारी टोलीका लागि डेनियल साम्सले २ तथा प्याट कमिन्स र जोस हेजलउडले समान १/१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको पाहुना टोलीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८६ रन बनाएको थियो ।

उसका लागि टिम डेभिडले २७ बलमा ५४ तथा क्यामरुन ग्रिनले २१ बलमा ५२ रन बनाए । डेनियल साम्सले अविजित २८ तथा जोस इंग्लिसले २४ रन बनाए ।


प्रतिक्रिया