मैत्रीपुर्ण म्याचमा नेपालको कप्तानी किरणले गर्ने

रेडियो कान्तिपुर संवाददाता

आश्विन १०, २०७९ | काठमाडौं

बंगलादेशसँगको मैत्रीपुर्ण म्याचमा नेपालको कप्तानी किरण चेम्जोङले गर्ने भएका छन् । नेपाली राष्ट्रिय फुटबल टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईले मैत्रीपुर्ण म्याचका लागि कप्तानमा किरणलाई नियुक्त गरेका हुन् । 

कार्यवाहक मुख्य प्रशिक्षक हुमागाईको प्रशिक्षणमा राष्ट्रिय टोली करिब पाँच सातादेखि प्रशिक्षणमा छ । नेपाल र बंगलादेशबीचको मैत्रीपुर्ण खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भोली साँझ साढे ५ बजे हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । 


प्रतिक्रिया