कोष्टारिका र जर्मनीबीचको आज हुने खेल महिला रेफ्रीले खेलाउने

रेडियो कान्तिपुर संवाददाता

मंसिर १५, २०७९ | काठमाडौं

कतारमा जारी फिफा विश्वकप फुटबलमा आज हुने कोष्टारिका र जर्मनीबीचको खेल महिला रेफ्रीले खेलाउने भएका छन् । विश्वकपको इतिहासमा पहिलोपटक महिला रेफ्रीले खेल खेलाउन लागेका हुन् ।

 समूह ई मा रहेका यी दुई टोली बीचको खेल नेपाली समयानुसार राती पौने १ बजे सुरु हुनेछ । सोही समयमा यसै समुहका दुई टोली जापान र स्पेनबीच पनि प्रतिस्पर्धा हुनेछ । 


प्रतिक्रिया