समूह चरणका अन्तिम चार खेल आज हुँदै

रेडियो कान्तिपुर संवाददाता

मंसिर १६, २०७९

कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत आज समूह चरणका अन्तिम थप ४ खेलहरु हुँदै छन् । विश्वकपमा आज समूह ’एच’ र समूह ’जी’ को दुई–दुई खेलहरु हुनेछन् । समूह ’एच’ अन्तर्गत साउथ कोरिया र पोर्चुगल तथा घाना र उरुग्वेबीच प्रतिस्पर्धा हुनेछ । दुबै खेल नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुनेछ । यस समूहबाट पोर्चुगलले नकआउट चरणमा स्थान बनाईसकेको छ । अन्य तीन टोलीको पनि नकआउट पुग्ने सम्भावना उत्तिकै रहेको छ । पोर्चुगल ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । 

घाना ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । साउथ कोरिया १ अंकसहित तेस्रो र १ अंक जोडेको उरुग्वे पुछारमा रहेको छ । यस्तै समूह ’जी’ अन्तर्गत सर्बिया र स्विट्जरल्यान्ड तथा क्यामरुन र ब्राजिलबीच प्रतिस्पर्धा हुनेछ । यस समूहको दुबै खेल राति पौने ४ बजे सुरु हुनेछ । यस समूहबाट ब्राजिलले नकआउट चरणमा स्थान पक्का गरिसकेको छ । ब्राजिल ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । स्विट्जरल्यान्ड ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । क्यामरुन १ अंक जोडेर तेस्रो र सर्बिया १ अंक जोडेर पुछारमा रहेको छ । यस समूहबाट तीनै टोलीको नकआउट चरणमा पुग्ने सम्भावना रहेको छ ।


प्रतिक्रिया