प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता पुस २९ बाट

पुस १६, २०७९ | सुनसरी

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको पाँचौ संस्करण सुनसरीको इटहरीमा हुने भएको छ । 

नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिता यही पुस २९ देखि सुरु हुने जानकारी दिएको छ । क्यानका कोषाध्यक्ष रोशन कुमार सिंहका अनुसार इटहरी–९ स्थित जनता क्रिकेट पार्कमा हुने प्रतियोगितामा विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ र ७ वटा प्रदेशको टिम गरी ८ टोलीको सहभागिता रहनेछ । 

२० ओभरको म्याच हुने प्रतियोगिता लिग कम नकआउटका आधारमा खेलाईने छ । प्रतियोगिताको विजेताले ५ लाख तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।


प्रतिक्रिया