ईङ्गलिस प्रिमियर लिग : आर्सनल विजयी, म्यानसिटी एर्भटनसँग बराबरीमा

पुस १७, २०७९

ईङ्गलिस प्रिमियर लिग फुटबलमा लिग लिडर आर्सनल विजयी भएको छ । जारी सिजन आफ्नो अग्रता कायम गर्न सफल भैरहेको आर्सनलले गएराती भएको खेलमा ब्राइटन माथि ४–२ गोल अन्तरले हरायो । आर्सनलका लागी खेलको दोश्रो मिनेटमा नै गोल गर्दै बुकायो शाकाले अग्रता दिलाएका थिए । त्यसपछि मार्टिन ओडगार्ड, एडि निकेटिय, ग्याब्रियल मार्टिनेलीले समान १–१ गोल गरे । ब्राइटनका लागी काओरु मितोमा र इभान फर्गुसनले गोल गर्दै खेलमा फर्काउने प्रयास गरेपनि सफल हुन सकेनन् ।

गएराती भएको खेलमा अंक तालिकाको दोश्रो स्थानमा म्यानचेष्टर सिटि एर्भटनसँग बराबरीमा रोकिएपछि आर्सनलले अंक दुरी झनै बढाएको छ । समान १६ खेल खेलेका यी दुई टोली मध्य आर्सनलको ४३ अंक छ भने म्यानसिटिको ३६ अंक छ । ७ अंकको साथ आर्सनलले अग्रता कायम गर्न सफल भएको छ । गएरातीका अन्य खेलमा म्यानचेष्टर युनाइटेडले वुल्भरह्याम्प्टन माथि १–० को जित निकालेको छ । क्रिष्टल प्यालेसले बर्नमाउथ माथि २–० को जित निकाल्यो । फुल्हामले साउथह्याम्प्टन माथि २–१ को जित निकाल्दा न्युकासल र लिड्सले गोल रहित बराबरी गर्दै अंक बाँडेका छन् । 


प्रतिक्रिया