प्रदेश १ र सुदुरपश्चिमको विजयी सुरुवात

पुस २९, २०७९ | सुनसरी

प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा प्रदेश १ र सुदुरपश्चिम प्रदेशले विजयी सुरुवात गरेका छन् ।

इटहरीमा आजदेखि सुरु भएको प्रतियोगिताको उद्धघाटन खेलमा प्रदेश १ ले मधेस प्रदेशमाथि ९ विकेटको फराकिलो जित दर्ता गरेको छ ।

मधेस प्रदेशले दिएको ५० रनको सामान्य लक्ष्य प्रदेश १ ले ११ दशमलव ४ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मधेश प्रदेशले १९ दशमलव २ ओभरमा सवै विकेट गुमाएर ४९ रन बनएको थियो ।

यसैबीच आजै भएको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई ३३ रनले हराएको छ । टस हारेर पहिला ब्याटिङ थालेको सुदूरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १ सय २७ रन बनायो ।

सुदूरकी कविता कुँवरे सर्वाधिक ५० रनको अर्धशतकीय योगदान गरिन् । जितको लागि १ सय २८ रनको विजयी लक्ष्य पछ्याएको बागमतीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै ९४ रनमा समेटिएपछि सुदूरपश्चिमले विजयी यात्रा शुरु गरेको हो । 


प्रतिक्रिया