ए डिभिजन लिगको तालिका सार्वजनिक, उद्घाटन खेलमा खुमलटार र फ्रेन्ड्स भिड्ने

माघ ६, २०७९ | काठमाडौं

शहिद स्मारक ए डिभिजन लिग फुटबलको यस सिजिनको खेल तालिका सार्वजनिक भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले शुक्रबार सार्वजनिक गरेको खेल तालिका अनुसार उद्घाटन खेलमा नव प्रवेशी टोली खुमलटार युथ क्बल र फ्रेन्ड्स क्लवबीच प्रतिस्पर्धा हुनेछ । 

खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुनेछ । यस पटक खुमलटार र चर्च ब्वाइज युनाइटेडले ए लिगमा डेब्यु गर्दैछन् । 

१४ क्लबको सहभागिता रहने लिगका खेलहरु दशरथ रंगशाला, च्यासल खेल मैदान र ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा हुनेछन् । लिग विजेताले ७५ लाख, उपविजेताले ५० लाख तथा तेस्रो हुने टोलीले २५ रुपैयाँ प्राप्त गर्नेछन् । 

आगामी फागुन १९ गतेबाट सञ्चालन हुने लिग यस पटक डबल राउण्ड रोबिनका आधारमा हुने एन्फाले जनाएको छ ।


प्रतिक्रिया