क्यान बैठक : अध्यक्ष चन्दको राजीनामा माग

माघ १७, २०७९

नेपाल क्रिकेट संघ क्यानको बोर्ड बैठकमा अध्यक्ष चतुरबहादुर चन्दको राजीनामा माग भएको छ । क्यानका ६ जना केन्द्रिय सदस्यले पोखरामा आज शुरु बोर्ड बैठकमा अध्यक्ष चन्दसहित कार्यसम्पादन समितिको राजीनामा मागेका हुन् । लिखित माग राखेपछि उनीहरु बैठक छाडेर बाहिरिएका थिए । 

राजीनामा माग्नेमा सदस्यहरु ऋषिराम गौतम, दाउद अन्सारी, संजयराज सिंह, करण महतरा क्षेत्री, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरी छन् । नेपाल टी–२० लिगमा भएका विविध गल्तीको जिम्मेवारी नेतृत्वले लिनुपर्ने बताउँदै अध्यक्ष चन्दसहित कार्यसम्पादन समितिको राजीनामा उनीहरुले मागेका हुन् । 


प्रतिक्रिया