सेभेन थ्री स्पोर्ट्सद्वारा क्यानसँगको सम्झौता रद्द

माघ १७, २०७९

सेभेन थ्री स्पोर्ट्सले नेपाल टी–२० लिग आयोजना गर्न नेपाल क्रिकेट संघ क्यानसँगको सम्झौता रद्द गरेको छ । प्रतियोगितालाई लिएर चौतर्फी आलोचना र विवाद भएपछि सेभेन थ्री स्पोर्ट्सले एकतर्फी रुपमै सम्झौता रद्द गरेको जनाएको छ ।

सेभेन थ्री स्पोर्ट्सका संस्थापक जतिन अलुवालियाले क्यानसँग सम्झौता रद्द गरेको बताएका छन् । क्यान र सेभेन थ्री स्पोर्ट्सबीच नेपाल टी–२० लिग आयोजना गर्न ८ वर्षका लागि ३३ करोड रुपैयाँमा सम्झौता भएको थियो । तर पहिलो संस्करणको लिग बीचमै छोडेर सेभेन थ्री स्पोर्टस् भागेको थियो ।

नेपाल टी–२० लिगमा केही फ्रेन्चाइज टोलीको मालिक पहिचान नभएको, म्याच र स्पट फिक्सिङ, खेलाडीले समयमै पैसा नपाएको , अपार्दशिता लगायत विषयमा विवाद भयो । नेपाल टि–२० लिग विवादलाई लिएर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ऋक्ष्द्य ले छानविन गरि रहेको छ । प्रतियोगिताका लागि क्यानसँग रणनीतिक साझेदारको सम्झौता गरेको सेभेन थ्री नै स्पट फिक्सिङको मुख्य योजनाकार भएको बुझिएको छ ।


प्रतिक्रिया