राष्ट्रिय महिला भलिबलको छैटौं संस्करण आगामी शनिबारबाट हुने

माघ १८, २०७९ | काठमाडौं

राष्ट्रिय महिला भलिबल प्रतियोगिताको छैटौं संस्करण आगामी शनिबारदेखि सुरु हुने भएको छ । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा हुने प्रतियोगिता काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुनेछ । प्रतियोगितामा तीन विभागीयसहित ६ टिमले सहभागीता जनाउने आयोजकले जनाएको छ । 

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी लिगकम नकआउटका आधारमा खेल सञ्चालन गरिने छ । प्रतियोगिताका विजेता टोलीले ३ लाख, उपविजेताले एक लाख ५० हजार तथा तेस्रो हुने टोलीले ७५ हजार रुपैयाा प्राप्त गर्ने छन् । प्रतियोगिता माघ २४ गतेसम्म हुने आयोजकले जनाएको छ ।


प्रतिक्रिया