लिभरपुलसँग न्युकासल युनाइटेड स्तब्ध

फाल्गुन १५, २०८१ | काठमाडौं

लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलको उपाधिमाथि आफ्नो पकड बलियो बनाएको छ । पछिल्लो खेलमा न्युक्यासल युनाइटेडमाथि २–० गोलको सहज जित हासिल गर्दै लिभरपुलले तालिकामा १३ अंकको अग्रता बनाएको छ । 

एनफिल्डमा गएराति भएको खेलमा लिभरपुलका डोमिनिक सबोसलाई र एलेक्स म्याक एलिस्टरले एक एक गोल गरे । लिगका पछिल्ला २४ खेलमा लिभरपुल अपराजित रहेको छ र अब कीर्तिमान २० औं लिग उपाधि लगभग निश्चित जस्तै देखिएको छ । 

यो नतिजापछि शीर्ष स्थानको लिभरपुलको २८ खेलबाट ६७ अंक भएको छ । एक खेल कम खेलेको आर्सनल ५४ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ ।

यस्तै, लिगको अर्को खेलमा आर्सनलले नटिङघम फरेस्टसँग गोलरहित बराबरी खेलेपछि लिभरपुललाई फाइदा भएको हो । अर्को प्रमुख खेलमा म्यानचेस्टर सिटीले टोटनहमलाई १–० गोलले हराएको छ । 

सिटीको जितमा इर्लिङ हालान्डले गरेको एक मात्र गोल निर्णायक बन्यो । यस्तै म्यानचेस्टर युनाइटेडले इपस्विच टाउनलाई ३–२ ल पराजित ग¥यो भने ब्रेन्टफोर्ड र एभरटनले १–१ को बराबरी खेलेका छन् । 


प्रतिक्रिया