साफ यू–२० महिला च्याम्पियनसिपमा भुटान नेपालसँग ८–० ले पराजित

श्रावण ३, २०८२ | काठमाडौं

साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको आफ्नो पाँचौं खेलमा नेपालले भुटान विरुद्ध फराकिलो जित निकालेको छ ।

 बंगलादेशको ढाकास्थित बसुन्धरा किंग्स एरिनामा नेपालले भुटानमाथि ८–० गोलको जित निकालेको हो । पहिलो हाफमा ६–० गोलको अग्रता बनाएको नेपालले दोस्रो हाफमा थप २ गोल गरेको हो ।

 नेपालको सहज जितका लागि मिना देउवा र पूर्णीमा राईले ह्याट्रिक गर्दा समिक्षा मगर र कुसुम खतिवडाले एक–एक गोल गरे । डबल राउन्ड रोबिनका आधारमा भइरहेको प्रतियोगितामा नेपालले भुटानसँग दोस्रो पटक प्रतिस्पर्धा गरेको हो । 

यसअघि गत शुक्रबार पनि भुटान नेपालसँग ६–१ गोलअन्तरले पराजित भएको थियो । अब नेपालले सोमवार बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।  


प्रतिक्रिया