जर्मनी महिला युरोकपको सेमिफाइनलमा

श्रावण ४, २०८२ | काठमाडौं
फ्रान्सलाई पराजित गर्दै जर्मनी यूइएफए महिला युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । सेन्ट जाकोब–पार्कमा भएको क्वाटरफाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ६–५ गोल अन्तरले हराउँदै जर्मनीले युरो कपको अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
८ पटकको च्याम्पियन जर्मनी खेलको १३ औं मिनेटमा १० खेलाडीमा सीमित भएको थियो । पेनाल्टी बक्सभित्र क्याथ्रिन हेन्डरिचले ग्रिज एमबोकको कपाल तानेर फाउल गरेपछि उनलाई सिधै रातो कार्ड दिएको थियो । त्यसपछि फ्रान्सले पेनाल्टीमा गोल गर्दै अग्रता लिएको थियो ।
खेलको १५ औं जमर्नीका लागि स्जोके नुस्केनले बराबरी गोल गरिन् । निर्धारित समयको खेल बराबरीमा टुंगिएपछि पेनाल्टी सुटआउटबाट निर्णय लिइएको थियो । अब जर्मनीले सेमिफाइनलमा बुधबार विश्व च्याम्पियन स्पेनको सामना गर्नेछ ।