न्युजिल्यान्डका अलराउन्डर जिम्मी निशमले पोखरा एभेन्जर्सबाट खेल्ने

रेडियो कान्तिपुर संवाददाता

कार्तिक २८, २०८२

पोखरा एभेन्जर्सले न्युजिल्यान्डका अलराउन्डर जिम्मी निशमलाई टीममा भित्राएको छ । पोखराले आप्mनो आधिकारिक फेसबुक पेजमार्फत् निसमलाई अनुबन्ध गरेको जानकारी गराएको हो ।

यो सिजन पोखराले भित्राएको निसम चौथो विदेशी खेलाडी हुन् । इङ्लिस विकेटकिपर एडम रोसिङटन र अलराउन्डर ड्यानियल डाउथवेट तथा बार्बाडोसका अलराउन्डर रेमन रेइफर पोखरामा अनुबन्ध भइसकेका छन् ।

यसअघि निसम पहिलो सिजनमा जनकपुर बोल्ट्समा आवद्ध थिए र टीमलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । कुशल भुर्तेल मार्की रहेको पोखराले गत संस्करण सातौं स्थानमा सकाएको थियो । एनपिएलको दोस्रो सिजन मंसिर १ देखि २७ सम्म हुँदैछ । पोखराले मंसिर २ गते विराटनगर किंग्ससँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।


प्रतिक्रिया