एभरेष्ट महिला भलिबल लिगमा आज लिग चरणका अन्तिम खेल हुँदै
कार्तिक २८, २०८२ | काठमाडौं
एभरेष्ट महिला भलिबल लिगमा आज लिग चरणका अन्तिम खेलहरु हुँदैछन् । पहिलो खेलमा अपरान्ह ३ बजे काठमाडौं स्पाइकर्स् र लुम्बिनी लाभाजबीच स्पर्धा हुँदैछ । राखेप कभर्ड हलमा आज हुने खेलहरु औपचारिकतामा मात्रै सीमित हुनेछन् । कारण साविक विजेता कर्णाली यश्वीज र ललितपुर क्वीन्सबीच भोलि उपाधि भिडन्त हुने तय भइसकेको छ ।
आजै साँझ ५ बजे हुने खेलमा ललितपुर क्वीन्स र कर्णाली यश्वीजबीच स्पर्धा हुनेछ । फाइनलअघिको भेट भएकाले यसलाई वार्म अप म्याचका रुपमा हेरिएको छ । हिजो काठमाडौंले पोखराविरुद्धको खेलमा १ सेट गुमाएपछि अन्तिम खेल अगावै ललितपुर फाइनलमा प्रवेश गरेको हो । फाइनल खेल भोलि हुनेछ ।
एभरेष्ट महिला भलिबल लिगको पहिलो संस्करणमा पनि ललितपु्र र कर्णालीले उपाधि भिडन्त गरेका थिए ।









