एनपीएलको क्वालिफायर १ः सुदूरपश्चिम र विराटनगर प्रतिस्पर्धा गर्दै

रेडियो कान्तिपुर संवाददाता

मंसिर २३, २०८२ | काठमाडौं ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग एनपीएल दोस्रो संस्करणको आज पहिलो क्वालिफायर हुँदैछ । जसमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स भिड्नेछन् । यो खेल अपरान्ह ४ बजेदेखि सुरु हुनेछ । लिग चरणको खेलमा सुदूरपश्चिमको अपराजित यात्रामा विराटनगरले ब्रेक लगाएको थियो । 

लिग चरणमा सुदूरपश्चिमले पहिलो र विराटनगरले दोस्रो स्थान सुनिश्चित गरेका थिए । सुदूरपश्चिमले सात खेलबाट १२ अंक जोड्दा विराटनगरले १० अंक जोडेको थियो । आजको खेलमा जित निकाल्ने टिमले फाइनल स्थान पक्का गर्नेछ । यता, हार्ने टिमले भने भोलि हुने इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको इलिमिनेटरमा काठमाण्डू गोर्खाज र लुम्बिनी लायन्सले प्रतिस्पर्धा गर्ने तालिका छ ।


प्रतिक्रिया