विराटनगरलाई ७७ रनले हराउँदै सुदूरपश्चिम एनपीएल क्रिकेटको फाइनलमा

मंसिर २३, २०८२ | काठमाडौं

सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

 पहिलो क्वालिफायरमा विराटनगर किङ्ग्सलाई ७७ रनले पराजित गर्दै सुदूरले फाइनलमा स्थान बनाएको हो । यो संगै सुदूरपश्चिमले लागतार दुई पटक फाइनल खेल्ने भएको छ ।

 अघिल्लो वर्ष पनि सुदूरपश्चिमले जनकपुर बोल्ट्ससँग फाइनल खेलेको थियो । यद्यपि सो संस्करणमा भने जनकपुर च्याम्पियन बनेको थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरले दिएको १ सय ५६ रनको लक्ष्य पछ्याएको विराटनगर १४ दशमलव १ ओभरमा अल आउट हुँदै ७८ रनमा समेटियो ।

 आफ्नो इनिङ्ग्सको शुरुदेखिनै दबाबमा परेको विराटनगरका लागि विदेशी खेलाडी फाप डु प्लेसीसले ३६ रन बनाउनु बाहेक आन्यले सन्तोषजनक प्रदर्शन गर्न सकेनन् । 

 आजको खेल गुमाए पनि विराटनगरलाई फाइनल पुग्ने अझै एउटा अवसर भने बाँकी छ । भोलि हुने एलिमिनेटर खेलको विजेतालाई पराजित गर्न सकेको खण्डमा विराटनगर फाइनलमा पुग्ने छ ।  


प्रतिक्रिया