डब्लूएचओले हाइड्रोक्सिक्लोरिन औषधीको प्रयोग बन्द गर्ने
असार २१, २०७७ | काठमाडौ
विश्व स्वास्थ्य संगठनले डब्लूएचओले कोरोना संक्रमितलाई हाइड्रोक्सिक्लोरिन र लोपिनएविर/ रिटोनाविर औषधीको प्रयोग बन्द गर्ने भएको छ । हाइड्रोक्सिक्लोरिन मलेरियाका विरामीलाई र लोपिनएविर/ रिटोनाविर एचआइभी एड्सका विरामीमा प्रयोग गर्ने औषधी हुन् ।
यी दुवै औषधी संगठनले परिक्षण गरेपनि प्रभावकारी नतिजा नआएपछि प्रतिबन्ध लगाउन लागिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।