थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
जेष्ठ १८, २०७९
पछिल्लो पटक नेपालमा १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ४ हजार ८ सय ४२ जनामा गरिएको नमुना परिक्षणबाट सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
११ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ९८ जना रहेको मन्त्रालयले जनाएको छ ।