खडेरीले मकैबाली सुक्न थाले

जेष्ठ २७, २०८० | सल्यान

खडेरीका कारण किसानले लगाएको मकैबाली सुक्न थालेपछि सल्यानका किसान चिन्तित भएका छन् । जिल्लाका किसानले चैतको अन्तिम र बैशाखको पहिलो सातामा लगाएको मकैबाली सुक्न थालेको हो । समयमै वर्षा नभएको र अत्यधिक गर्मीका कारण खोला समेत सुकेपछि सिचाईको अभावमा किसानहरु समस्यामा परेका हुन् ।

खडेरीका कारण मकैबली सुक्न थालेपछि सिचाईको उचित ब्यवस्था मिलाईदिन कालीमाटी, त्रिवेणी लगायत पालिकाका किसानले स्थानीय सरकारसँग माग गरेका छन् । कृषि विकास कार्यालय सल्यानका निमित्त प्रमुख रेशम बहादुर बस्नेतले जिल्लाका किसानले १८ हजार ५० हेक्टर जग्गामा मकै बाली लगाउँदै आएकोमा खडेरीका कारण सबै सुकेको बताउनुभयो । 


प्रतिक्रिया