किसानका लागि अदुवा भण्डारण घर निर्माण

असार ५, २०८० | सल्यान

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सल्यानमा अदुवा भण्डारण घर निर्माण गरेको छ । शारदा नगरपालिका वडा नम्बर–१४ र १५ को माल्नेटा तथा बाग्चौर नगरपालिका–९ जोखटाकुरा र ७ खारामा परम्परागत शैलीमा अदुवा भण्डारण घर निर्माण गरिएको हो । 

‘एक घर, एक भण्डारण घर’ कार्यक्रम अन्तर्गत शारदा र बाग्चौर नगरपालिमा तीन वटा अदुवा भण्डारण घर निर्माण गरेको परियोजनाले जनाएको छ । आगामी वर्षदेखि यसलाई विस्तार गर्दै जाने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ईकाई कार्यालय सल्यानका प्रमुख श्रीकृष्ण न्यौपानेले बताउनुभयो । किसानले उत्पादन गरेको अदुवा बजारको अभावमा कुहाएर फाल्नुपर्ने अवस्थाको अन्त्य गर्नका लागि भण्डारण घर बनाइएको उहाँको भनाई छ । 


प्रतिक्रिया