सल्यानको धानबालीमा खपटे कीराको प्रकोप

श्रावण ११, २०८० | सल्यान

सल्यानको शारदा नगरपालिका–१४ को जोगदेखोला, स्यालपानी, बरला आपसापका क्षेत्रमा किसानले लगाएको धान बालीमा काँडेदार खपटे कीराको प्रकोप देखिएको छ । कीराको प्रकोपका कारण अहिले एक सय बढी किसान समस्यामा परेका छन् ।

ती क्षेत्रमा किसानले झन्डै ५ हेक्टर भन्दा बढी क्षेत्रफलमा लगाएको धानबालीमा क्षति पुगेको जिल्लास्थित कृषि विकास कार्यालयले जनाएको छ । कीराको प्रकोप नियन्त्रणका लागि विषादी र आवश्यक सल्लाह दिईएको शारदा नगरपालिकाको कृषि शाखा प्रमुख प्रकाश खड्काले बताउनुभयो । 


प्रतिक्रिया