धरहरा उद्घाटनको तीन वर्ष,७ प्रतिशत काम अझै बाँकी

फाइल फोटो  

वैशाख २४, २०८१ | काठमाडौं

भूकम्पले भत्काएको धरहरा उद्घाटन भएको तीन वर्ष वितिसक्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन् ।

२०७२ सालको वैशाख १२ गतेको विनाशकारी गोरखा भूकम्पले धरहरा भत्किएर पुननिर्माण गरी उद्घाटन भएको ३ वर्ष सम्म काम सम्पन्न नहुँदा सञ्चालनमा नआएको हो ।

धरहराको उद्घाटन गर्दा सो आयोजनाको ४२ प्रतिशत काम भएको थियो भने अहिले सम्म ९३ प्रतिशत भौतिक प्रगति भएको छ । धरहरा निर्माण भएपनि बिजुली, बतीलगायत विद्युतीय कामहरु गर्न बाँकी रहेकाले आउँदो भदौ भित्र धरहरा सञ्चालनमा ल्याउने रमण कन्स्ट्रक्सनको भनाई छ ।

सो कम्पनीलाई ३ अर्ब ४८ करोड १६ लाख रुपैयाँ लागतमा जिम्मा दिइएको हो । धरहरा निर्माणका लागि अहिलेसम्म २ अर्ब ९५ करोड ९३ लाख रुपैयाँ खर्च भईसकेको छ ।


प्रतिक्रिया