प्रमोद खरेलको 'मैले कसम खाएर' सार्वजनिक
श्रावण १२, २०७६ | अष्ट्रेलिया
- चर्चित गायक प्रमोद खरेलको मैले कसम खाएर बोलको गीत सार्वजनिक भएको छ । हाल अष्ट्रेलियाको क्यानबेरामा बस्दै आएका काशी भुसालको शब्द र संगीतकार हरि लम्सालको संगीत रहेको गीतको भिडियो विकाश जैसीले निर्देशन गरेका छन् । अमेरिकाको न्यूयोर्कका विभिन्न स्थानमा भिडियोको छायाङ्कन गरिएको छ ।
गीतको भिडियोमा सुमित सापकोटा, श्री लामा र ममता शाही ठकुरी फिचर्ड छन् । गीतकार भुसाल अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज क्यानबेरा च्याप्टर एवं एनआरएनए अष्ट्रेलियाका नवनिर्वाचित सदस्य समेत हुन् ।