विश्व शक्ति राष्ट्रलाई बोल्सोनारोको चेतावनी

रेडियो कान्तिपुर संवाददाता

भाद्र ६, २०७६ | बीबीसी

अमेजन क्षेत्रको जंगलमा लागेको भीषण डढेलोलाई लिएर अन्तर्राष्ट्रिय जगतले चासो व्यक्त गरिरहँदा ब्रजिलका राष्ट्रपति जैर बोल्सोनारोले यसबारे हस्तक्षेप नगर्न विश्व शक्ति राष्ट्रलाई चेतावनी दिनुभएको छ ।

कृषकहरुले अवैध रुपमा जंगलमा आगो लगाएको हुनसक्ने भन्दै बोल्सोनारोले यसबारे अनावश्यक टिका टिप्पणी गर्न आवश्यक नरहेको बताउनुभयो । फ्रान्सका राष्ट्रफति इम्यानुअल म्याक्रो र संयुत्त राष्ट्रसंघक ामहासचिव एन्टोनियो गुटेरसले माइक्रोब्लगिङ साईट ट्वीटरमार्फ अमेजनको आगलागीबारे चासो व्यक्त गरेपछि राष्ट्रपति बोल्सोनारोको यस्तो प्रतिक्रिया आएको हो ।

आगलागीको घटनालाई तोडमरोड गरी अतिरञ्जित रुपमा प्रचारप्रसार गरिएको बोल्सोनारोको आरोप छ । शक्ति राष्ट्रहरुले डढेलो नियन्त्रणका लागि भन्दै गरेको पठाएको रकम च्यारिटीका लागि नभई हस्तक्षेप गर्ने उद्देश्यले प्रेरित रहेको बोल्सानारोले बताउनुभएको रोयटर्सले उल्लेख गरेको छ । 

विश्वकै घना अमेजन जंगल अक्सिजन र खनिजका लागि पृथ्वीकै ठूलो भण्डार रहँदै आएको छ । ब्राजिलमा डढेलो यसबर्ष ८५ प्रतिशत बढेको भन्दै त्यहाँको राष्ट्रिय अन्तरीक्ष अनुसन्धानले तथ्यांक सार्वजनिक गरेपछि विश्व समुदायले यसप्रति चिन्ता व्यक्त गरेका छन् ।  


प्रतिक्रिया