मलेसियामा दुई वटा सैन्य हेलिकप्टर ठोक्किदाँ १० जनाको मृत्यु
वैशाख ११, २०८१
मलेसियामा दुई वटा सैन्य हेलिकप्टर ठोक्किदाँ १० जनाको मृत्यु भएको छ ।
सैन्य अभ्यासका दौरान नौसेनाको हेलिकप्टर ठोक्किँदा चालक दलका सदस्य सहित त्यसमा रहेका सबैको मृत्यु भएको हो । सो घटना लुमुटस्थित नौसेनाको आधार शिविर नजिकै भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
घटनाबारे अनुसन्धानका लागि समिति समेत गठन गर्ने त्यहाँको नौसेनाले जनाएको छ । एउटा हेलिकप्टरमा ७ जना सवार थिए भने अर्कोमा ३ जना सवार रहेका थिए । यसैबीच, मलेसियाका प्रधानमन्त्री अवर इब्राहिमले घटनाप्रति समवेदना प्रकट गरेका छन् ।