क्यानडामा सिख पृथकतावादी नेताको हत्या अभियोगमा ३ भारतीय पक्राउ

वैशाख २२, २०८१ | काठमाडौं

क्यानडामा सिख पृथकतावादी नेताको हत्या अभियोगमा भारतीय ३ नागरिक पक्राउ परेका छन् ।

भारतीय नागरिक पक्राउ पछि दुई मुलुकबीचको कुटनीतिक सम्वन्ध थप विवादित बनेको छ । सिख पृथकतावादी नेता ४५ वर्षिय हर्दिप सिंह निजारलाई माक्स लगाएका बन्धुकधारीले गतवर्षको जुनमा क्यानडाको भ्यानकुभरमा गोली हानी हत्या गरेका थिए ।

सो घटनामा भारतीय सरकारको संलग्नता रहेको क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आरोप लगाएपछि दुई देशबीचको कुटनीतिक सम्वन्ध विग्रिएको थियो । क्यानडा सरकारको सो आरोपको भारतले भने खण्डन गर्दै आएको छ ।

हत्या आरोपमा संलग्न भएको आशंकामा भारतीय नागरिकहरु २२ बर्षका करन ब्रार र कमलप्रित सिंह, तथा २८ वर्षका करनप्रित सिंहलाई पक्राउ गरिएको क्यानडाका प्रहरी उच्चअधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

उनहरुलाई हत्या एवं हत्या षडयन्त्रको अभियोगमा मुद्धा चलाईने बताईएको छ । पक्राउ परेकाहरुको भारतीय सरकारसंगको सम्वन्धबारे समेत अनुसन्धान शुरु गरिएको छ । 


प्रतिक्रिया