चिनियाँ राष्ट्रपति सी युरोपको ५ दिने भ्रमणमा

वैशाख २३, २०८१ | काठमाडौं

चीनका राष्ट्रपति सी जिनपिङ युरोपको ५ दिने भ्रमणमा निस्कनुभएको छ । भ्रमणको पहिलो दिन राष्ट्रपति सी आज फ्रान्स जानुहुने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

चीन र फ्रान्सबीचको व्यापारिक असन्तुलन घटाउने विषयमा राष्ट्रपति सी र फ्रान्सेली समकक्षी इमानुएल म्याक्रोबीच महत्वपूर्ण छलफल हुने बताईएको छ ।

युरोपेली युनियन इयू र चीनबीच जारी व्यापारिक तनावकाबीच राष्ट्रपति सीको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

चीनले युरोपबाट आयात हुने सामानमा कडाई गरे लगत्तै युरोपेली राष्ट्रले समेत चीनमा निर्मित इलेक्ट्रिक गाडीमा निगरानी बढाएका थिए । फ्रान्सले भने चीनसँगको व्यापारमा थप सुनिश्चिताका लागि पहल गर्ने तयारी गरको छ ।

युरोप भ्रमणका क्रममा राष्ट्रपति सीले फ्रान्सका समकक्षी इमानुएल म्याक्रोन र युरोपियन कमिसनकी प्रमुख उर्सुला भोन डेरसँग संयुक्त वार्ता गर्ने तय भएको छ ।

फ्रान्सको भ्रमण पश्चात राष्ट्रपति सी रुस समर्थित मुलुक सर्बिया र हंगेरी जाने तालिका छ ।


प्रतिक्रिया