विदेश नीतिमा युरोपसँगको सम्बन्ध प्राथमिकतामा छः चिनियाँ राष्ट्रपति सी

वैशाख २४, २०८१ | काठमाडौं

युरोप भ्रमणका क्रममा फ्रान्स पुगेका चिनियाँ राष्ट्रपति सी चिनफिङले विदेश नीतिमा युरोपसँगको सम्बन्धलाई प्राथमिकताका साथ नयाँ आयामका रुपमा हेरेको बताउनुभएको छ ।

राष्ट्रपति सीले युरोप चीनको आधुनिकरणमा महत्वपूर्ण साझेदार भएको बताउनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । राष्ट्रपति सी ले फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रों र युरोपेली आयोगका अध्यक्ष उरुसुला भोन डेर लेइनसंगको त्रिपक्षी छलफलका क्रममा यस्तो बताउनुभएको हो ।

यो वर्षको पहिलो विदेश भ्रमण फ्रान्सबाट सुरु गर्नुभएका राष्ट्रपति सिले त्रिपक्षीय छलफलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । चीनले युरोपेली संघ(इयू)संग रणनीतिक र दीर्घकालिन रुपमा सम्बन्ध स्थापित गर्न चाहेको सीको भनाई थियो ।

राष्ट्रपति सीले चीन —फ्रान्स र चीन—इयूबीचको सम्बन्ध मजबुद् बनाउने विषयमा छलफल गर्नुभएको बताइएको छ । 


प्रतिक्रिया