लोकसभामा तेस्रो चरणको मतदान सम्पन्न

वैशाख २५, २०८१

भारतमा लोकसभा निर्वाचन अन्तर्गत आज तेस्रो चरणको मतदान सम्पन्न भएको छ । तेस्रो चरण अन्तर्गत ९३ निर्वाचन क्षेत्रमा मतदान भएको हो । स्थानीय समय अनुसार विहान ७ बजेदेखि साँझ ६ बजे सम्म मतदान भएको हो । पछिल्लो विवरण अनुसार ६१ प्रतिशत मत खसेको भारतीय संचारमाध्यमले जनाएका छन् । 

सबैभन्दा बढी आसाममा ७५ दशमलव ३० प्रतिशत मत खसेको छ भने, पश्चिम बंगालमा ७३ दशमलव ९३ प्रतिशत मत खसेको र छत्तिसगढमा ६६ दशमलव ९९ प्रतिशम मत खसेको छ । सबैभन्दा कम महाराष्ट्रमा ५३ दशमलव ६३ प्रतिशत खसेको छ । आज विशेषगरी भारतीय जनता पार्टी भाजपाको वर्चस्व रहेको क्षेत्रमा मतदान भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले गुजरात राज्यको गान्धीनगरमा मतदान गर्नुभएको छ । 

तेस्रो चरणको निर्वाचनमा १ हजार ३ सय ५१ जना उम्मेदवारहरु प्रतिस्पर्धामा छन् । मोदीको गृहराज्य गुजरातमा २५ सिटका लागि मतदान भएको छ । विश्वकै सबैभन्दा बढी जनसंख्या भएको भारतमा ७ चरणमा निर्वाचन भइरहेको छ । 


प्रतिक्रिया